काठमाडौँ — नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका लागि अगाडि बढेसँगै पार्टीभित्रको विवाद फूटतर्फ अग्रसर भएको टिप्पणी भइरहेको छ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन भनिएको छ । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले सूचना जारी गरी विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
साथै सूचनामा पुस २६-२८ मम गर्ने भनिएको नियमित महाधिवेशन पनि स्थगन भएको जनाइएको छ । संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वयले सूचना जारी गरेका छन् ।
यसैबिचमा दुवै महामन्त्रीले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। दुवै जनाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा ‘नियमित महाधिवेशन स्थगन÷ विकल्प विशेष महाधिवेशन’ भनिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सकिएको बैठकले पुस २६ देखि २८ गतेसम्मका लागि १५ औँ महाधिवेशनको मिति तय गरेको थियो। सो महाधिवेशन क्रियाशील सदस्यताको काम नटुंगिएकाले असम्भव बनेको छ।
सोही महाधिवेशनको कार्य तालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी जारी ‘सूचनामार्फत स्थगित गरिएको’ महामन्त्रीहरूले घोषणा गरेका छन्। विज्ञप्तिमा नियमित महाधिवेशनको कार्य तालिका स्थगित भए पनि क्रियाशील सदस्यता इन्ट्रीको काम जारी राख्न भनिएको छ।
यस्तै ‘विशेष महाधिवेशन वैधानिक दायित्व’ भन्दै महामन्त्री द्वय थापा र शर्माले ‘नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको’ भनेका छन्।
‘अतः पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा