नेकपा (एमाले)का नेता एवं निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेको चर्चाले बुधबारसम्म राजनीतिक चर्चा पायो । आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै मंगलबार राति घिमिरेले पार्टी परित्यागको घोषणाका गरेका थिए ।
‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु’, घिमिरेले सामामाजिक सञ्जालमा लेखेका थिए ।
अघिल्लो प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही– ५ बाट निर्वाचित भएका घिमिरेले एमाले छोडेपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्न थालेको चर्चा पनि भयो । उनले रुपन्देही– २ बाट चुनाव लड्ने तयारी गरेको बताइएको थियो ।
रुपन्देही– २ बाट एमाले उपाध्यक्ष विष्णु पाैडेल निर्वाचित भएका थिए । यसपटक रास्वपा प्रवेश गरी रुपन्देही– २ मा विष्णु पाैडेललाई घिमिरेले धक्का दिन थालेको चर्चाका बीच बिहीबार साँझ उनै घिमिरेसँग तस्वीर खिचाउँदै पाैडेलले फेसबुकमा लेखेका छन्– हामी सँगै छाैँ ।
बिहीबार दिउँसोदेखि पाँच घन्टासम्म एमालेका युवा कमल पौडेलको घरमा उपाध्यक्ष पौडेलले गुनासो सुन्ने र एमालेमै फर्काउने गरी छलफलमा जुटे ।
सो छलफलमा के भयो भन्ने प्रश्नमा उपाध्यक्ष पौडेल बोल्नै खोजेनन् । उनले भने- “हाम्रो छलफल भयो । मैले लेखेपनि सकेको छु । बाँकी बासुज्यूलाई नै सोध्नुहोला,” उनले भने ।
बासुदेवका असन्तुष्टिको बारेमा के भयो ? भन्ने प्रश्नमा पौडेलले धेरै कुरा बोल्न नमिल्ने, बैठक अझै बसिरहेको तर्क गरे ।
उपाध्यक्ष पौडेलसहित बासु घिमिरेसँगको बैठकमा बसेका नेता खिमलाल भट्टराईले तत्काल अन्त नजाने समझदारी भएको बताए ।
बैठकको सुरुआतीदेखि नै बासुदेवलाई बिचलित नभई एमालेमै रहन उपाध्यक्ष लगायतको आग्रहलाई सकारात्मक लिएको बताए । “तत्कालै कतै नजाने समझदारी भएको बुझेको छु, बसाइँ सकेर बासुजीसहितका नेताहरू उठ्नुभयो,” उनले भने ।
बासुदेव रास्वपामा बालेन समूहबाट प्रवेश गर्ने तयारीमा छन् । उनले एमालेमा कुनै पनि हालतमा नरहने घोषणा फेसबुक स्टाटसमा गरेका थिए ।
उनले अन्त कतै जाने वा नजानेमा केही समय स्थिर रहन सक्ने तर एमालेमा कुनै हालतमा नफर्किने ठोकुवा गरेका थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा