काठमाडौँ । शुक्रबार बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ ।
काठमाडौँबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।
सो जहाजमा ५१ जना यात्रु रहेका थिए । विमानमा सवार यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल कार्यालयका अनुसार यो घटना ८ बजेर २० मिनेटमा भएको हो ।
यो बुद्धको अन्तिम उडान थियो । यो जहाज राति त्यहीं बसेर भोलि बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाज हो ।
काठमाडौंबाट गएको एटीआर धावनमार्गको एक जीरो विन्दुबाट अवतरण भएको थियो भने पूर्वतर्फ २८ नम्बर विन्दुबाट बाहिर गएको थियो । यो विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर रहेको छ ।
जहाज धावनमार्गको अन्तिम विन्दुबाट करिब डेढ सय मिटर अगाडि पुगेको छ । भौतिक पूर्वाधारमा कुनै क्षति भएको छैन । पानीको भेल बग्ने कुलेसोमा पुगेर जहाज रोकिएको छ ।
यो विमान चिप्लिएकाले भोलि (शनिबार) उडान हुने/नहुने टुंगो लागिसकेको छैन । भद्रपुर विमानस्थल प्रमुख किशोर कुमार खत्रीले प्राधिकरणसँग समन्वय गरेर उक्त जहाज निकाल्ने काम हुने बताए । जहाजमा के–कति क्षति पुगेको छ यसबारे बुद्धका इन्जिनियरले अध्ययन गर्नुपर्ने उनले जानकारी दिए ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति