राष्ट्रपतिले दिए कार्की आयोगलाई जवाफ, देउवा र प्रचण्डले दिन बाँकी

राजनीति

राष्ट्रपतिले दिए कार्की आयोगलाई जवाफ, देउवा र प्रचण्डले दिन बाँकी

thumbnail – 1

thumbnail – 1

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पठाएको प्रश्नावलीको जवाफ दिएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ गतेको घटनाबारे बुझ्न भन्दै राष्ट्रपति पौडेललाई प्रश्नावली पठाएको थियो। राष्ट्रपतिबाट जवाफ प्राप्त भइसकेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले देश सञ्चारलाई बताए।

आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि प्रश्नावली पठाएको छ। तर, उनीहरूबाट जवाफ प्राप्त भइनसकेको शर्माले जानकारी दिए।

उनका अनुसार तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी भइरहेको छ।

यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित विभिन्न व्यक्तिहरूसँग आयोगले बयान लिइसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds