झापा । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। शुक्रबार राति भएको दुर्घटनामा सहचालक (को–पाइलट) सहित ७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार काठमाडौंबाट उडेको कलसाइन ९०१ को एटिआर–७२ जहाज राति ९:१० बजे अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो। जहाज रन–वेको पूर्वतर्फ करिब ३०० मिटर पर पुगेर घाँसे झाडी र माटोमा भासिएको हो।
दुर्घटनामा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका छन्। टाउको र अनुहारमा चोट लागेका श्रेष्ठको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ। अन्य ६ जना घाइते भने सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको एसपी लिम्बुले जानकारी दिए।
प्रहरीका अनुसार घाइते हुने यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र सोही ठाउँकी १६ वर्षीया प्रिया घतानी रहेका छन्।
उक्त जहाज काठमाडौंबाट शुक्रबार राति ८:२३ बजे उडेको थियो। जहाजमा ५१ जना यात्रु, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियर सवार थिए। दुर्घटनालगत्तै एसपी लिम्बुको कमान्डमा खटिएको ७० जनाको प्रहरी टोलीले यात्रुहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।
बिहान १० बजेदेखि सञ्चालनमा आयो भद्रपुर विमानस्थल
बुद्ध एयरको जहाज दुर्घटनापछि ठप्प बनेको भद्रपुर विमानस्थल बिहान १० बजेदखे सञ्चालनमा आएको छ ।
हुस्सु हटेर भिजिबिलिटी ‘क्लियर’ भएसँगै उडान–अवतरण खुलेको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए ।
‘हुस्सु हटेसँगै १० बजेदेखि विमानस्थल खुलेको हो । अहिले सामान्य अवस्था छ,’ उनले भने, ‘दुर्घटना भएको जहाज प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।’
उता बुद्ध एयरले पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर अवतरण गरिसकेको जनाएको छ ।
प्राविधिक टोली लिएर आएको विमान नै भद्रपुर विमानस्थलमा आज पहिलो पटक अवतरण गरेको थियो ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो