राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकतासभामा नेताद्वय बालेन्द्र शाह र कुलमान घिसिङ अनुपस्थित भएका छन् ।
सभापति रवि लामिछानेसहितका नेताहरू नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता एवं कार्यकर्ता र थरुहट/थारुवान अभियन्ताहरू बीच एकतासभामा उपस्थित छन् ।
उक्त सभामा उपसभापतिहरू डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत पदाधिकारी उपस्थित हुँदा शाह र घिसिङ मात्रै होइन, उनीनिकट नेताहरू समेत गएका छैनन् । यसअघि घिसिङनिकट नेताहरू रास्वपा केन्द्रीय कमिटीमा मनोनीत भएका छैनन् ।
जबकि दुई शक्तिबिचको सम्झौतामा सम्मानजनक उपस्थिति हुने भनिएको छ । सोमबार बसेको बैठकले शाहनिकट नेताहरू मात्रै केन्द्रीय कमिटीमा मनोनीत भएका छन् । उज्यालो पार्टीका संरक्षक रहेका घिसिङले रास्वपासँग एकता गर्दा उपसभापतिसहित थप एक पदाधिकारी लिने गरी सहमति गरेका थिए । तर, २१ जना केन्द्रीय सदस्य दिने सहमति भए पनि रास्वपामा मनोनीत हुन सकेका छैनन् ।
काठमाडौंमा मात्रै होइन, यसअघि पोखरामा भएको रास्वपाको कार्यक्रममा पनि शाह र घिसिङनिकट नेताहरू अनुपस्थित भएका थिए । पार्टी एक गरेको छोटो समयमै विभिन्न खेमाबाट आएका नेताहरूबीच अझैसम्म पनि तालमेल हुन सकेको देखिएको छैन । उनीहरूबीच खटपट भएको बुझिएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण