प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्ने तयारी गरेका मन्त्रीहरूलाई तत्काल पद छोड्न भनेकी छिन् ।
नियमित मन्त्रिपरिषद्को बैठकमा बोल्दै कार्कीले चुनाव लड्न चाहनेहरूले मार्गप्रशस्त गर्न आग्रह गरेकी हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले व्यक्तिगत रूपमा नामै तोकेर नभने पनि मन्त्रिपरिषद् बैठकमा सामूहिक आग्रह गरेकी हुन् । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब यता (मन्त्रीमा) बसिरहन उचित हुँदैन । चुनाव लड्न चाहनेले त्यसको तयारीमा जाँदा हुन्छ । मार्गप्रशस्त गर्नुस् ।’
हाल सरकारमा कुलमान घिसिङ रास्वपाका उपसभापति बनिसकेका छन् । उनी रास्वपा प्रवेश गर्नुअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए । तर, मन्त्री हुनुपूर्व उनी कुनै राजनीतिक दलमा आबद्ध थिएनन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोकप्रिय काम गरेर जनतामाझ चर्चित बनेका थिए । उनको त्यही प्रसिद्धि देखेर कार्कीले भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । तर, घिसिङ राजनीतिमा सक्रिय भएसँगै सरकारमा बस्न नैतिक रूपमा गाह्रो हुने तर्कसहित सरकार छोड्न चौतर्फी दबाब बढे पनि उनले राजीनामा गरेका छैनन् ।
त्यस्तै, सञ्चारमन्त्री जगदीश खरेल पनि मन्त्री बन्नुअघि लोकप्रिय सञ्चारकर्मी थिए । नागरिक सरकारमा स्वतन्त्र व्यक्तिको हैसियतमा सरकारमा गएका उनी एकाएक राजनीतिक दलमार्फत राजनीतिमा होमिने तयारी गरेका छन् । ललितपुर– २ बाट निर्वाचनमा उम्मेदवार बन्ने पक्कापक्की भएसँगै उनीमाथि समेत सरकार छाड्ने दबाब छ ।
त्यस्तै, खेलकुदमन्त्री बब्लु गुप्ता घिसिङसँगै रास्वपा प्रवेश गरेका छन् । उनीसमेत सक्रिय राजनीतिमा होमिने भएपछि ‘नागरिक सरकारमा दलका मन्त्री’ भनेर आलोचना बढेको छ । यही आलोचनाका बीच प्रधानमन्त्री कार्कीले तीन जना मन्त्रीलाई लक्षित गर्दै सोमबारको मन्त्रिपरिषद्को बैठकमा सरकार छोड्न दबाब दिएकी हुन् ।
कार्कीले प्रधानमन्त्री नियुक्तीलगत्तै दिएको अन्तर्वार्तामा आफूसँग सहभागी भएका मन्त्रीहरू कुनै पनि दलका नहुने स्पष्ट पारिसकेकी थिइन् । उक्त सार्वजनिक अभिव्यक्तिविरुद्ध मन्त्रीहरू नै गएपछि कार्कीलाई नैतिक संकट निम्तिएको छ । हाल १५ सदस्यीय मन्त्रिपरिषद् छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण