काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न दवाव बढाएका छन्।
सभापति शेरबहादुर देउवासँग आजको भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन् ।
महाराजगञ्जस्थित देउवा निवास पुगेर नेता कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराएका हुन् ।
‘म कोइराला हुँ । पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईले पनि भोग्नुभएकै छ। के के गर्नुपर्छ गरौं, विभाजन रोकौ’, देउवासँग शेखरले भने ।
उनले आफ्नालाई कांग्रेसको सभापति बन्ने वा नबन्नेभन्दा पनि कांग्रेस सग्लो रहने वा नरहने भन्ने कुरा महत्वपूर्ण रहेको देउवालाई बताएका छन् ।
‘म भोली सभापति बनुला वा नबनुला । तपाईले सहयोग गर्नुहोला वा नहोला । त्यो भन्दा महत्वपूर्ण कुरा कांग्रेसको एकता हो । एकता जोगाउन तपाईले पहल लिनुस’, देउवालाई शेखरले भनेका छन् । जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको भन्दै सबैसँग संवादका लागि तयार रहेको बताएका छन् ।
सभापति देउवासँग छलफलका क्रममा नेता कोइरालाले महामन्त्रीहरुले आह्वान गरिसकेको अवस्थामा भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन् ।
‘विधानतः समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा म सधैँ उभिएको छु । अहिले चुनावका र अन्य चुनौतीका कारण पार्टी समस्यामा छ । यस्तो बेलामा उहाँहरुले बोलाएकै भेलालाई पनि साझा मञ्च बनाएर एकता जोगाउन तयार हुनुपर्छ’, शेखरको भनाई छ ।
शेखरले महामन्त्रीद्वयसँग संवाद गर्न, कुरा सुन्न र समाधानको विकल्प खोज्न देउवामाथि दवाव बढाएका हुन् ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
बालेन सरकार नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगिसक्यो : गगन थापा
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू