विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति

राजनीति

विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति

विज्ञप्ति निकालेर भने– पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा

nepali Congress-Karyalaya

काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको जनाएका छन् ।

उनीहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको उल्लेख गरेका छन् ।

‘यतिबेला हामी गम्भीर र विषम परिस्थितिबाट गुज्रिरहेका छौं । पुन: उकपटक नेपाली कांग्रेस आफ्नो इतिहासको अत्यन्तै संवेदनशील र कठिन मोडमा उभिएको छ,’ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘यस्तो संवेदनशील घडीमा ‘विशेष महाधिवेशन’को नाममा विधानविपरीत गतिविधि गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको यथार्थ स्पष्ट छ ।’

विज्ञप्तिमा उनीहरूले संविधानको रक्षा, आसन्न निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने दायित्व तथा नियमित महाधिवेशनको वैधानिक प्रक्रियामार्फत् नेपाली कांग्रेसको सुदृढीकरण, रुपान्तरण र भावी दिशा सुनिश्चित गर्न अनुरोध गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ