काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले थापा र शर्मालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको हो।छ।
विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वय थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै समानान्तर रूपमा निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षले कडा कदम चालेको हो।
पार्टी विभाजन रोक्न भन्दै पछिल्ला दिनमा विभिन्न चरणमा नेताहरूबीच संवाद भएको थियो। मंगलबार मात्रै नेताहरूले तीन चरणमा छलफल गरेका थिए भने आज (बुधबार) बिहान पनि महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। तर, उक्त छलफलले कुनै निकास निकाल्न सकेन।
वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
यता संस्थापन पक्षले कारबाहीको घोषणा गरिरहँदा अर्को पक्षले भने चुनावी प्रक्रिया तीव्र पारेको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता भइसकेको छ।
सम्बन्धित खबर
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?