काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ ।
साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए ।
उनले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गरे ।
उनले भने, ‘आयोगले सम्पूर्ण नियम- कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’
पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले जनाएका छन् ।
महेश बस्नेतको आक्रोश : निर्वाचन आयोगमा वैदेशिक शक्तिको नांगो नाच
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षलाई दिएकोमा एमालेका सचिव महेश बस्नेत क्रुद्ध बनेका छन् । लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार भएको उनको टिप्पणी छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आक्रोश पोखेका हुन् । उनले निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नांगो नाच देखिएको कडा प्रतिक्रिया दिएका छन् ।
बस्नेतले लेखेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो ।’
यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनको भनाइ छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु