नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिता दिने निर्णय दूराशयपूर्ण भएको निष्कर्ष निकालेको छ ।
आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय भएको नेता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको देउवा समूहको बैठकले आयोगको निर्णय संविधान, कानून र कांग्रेसको विधानविपरीत भएको निष्कर्ष निकालेको महतले बताए ।
‘हाम्रो बैठकले कांग्रेसको सम्बन्धमा निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान प्रचलित कानून र विधानको विरुद्ध गरिएको ठहर गरेको छ,’ महतले भने, ‘ तथाकथित विशेष महाधिवेशनको वैधानिकता नहेरी दूषित मनसायले प्रेरित रहेको ठहर गर्दछ ।’
देउवा पक्षले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने समेत निर्णय गरेको छ । ‘देशको सबभन्दा ठूलो दलको केन्द्रीय समितिलाई अवैधानिक भन्दै तथाकथित विशेष महाधिवेशनको नाममा नेतृत्व परिवर्तन गरेको कुरालाई मान्यता दिने निर्णय कांग्रेसलाई क्षति पुर्याउने देखिन्छ,’ महतले भने, ‘आयोगको दूराशयपूर्ण निर्णयका लागि संवैधानिक र राजनीतिक निरुपण भोलि सर्वोच्च अदालतमा जान्छौं ।’
पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आयोगले सबै कुराको अध्ययन नगरी निर्णय गरेको भन्दै कानूनी उपचारमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा