काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् ।
सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । ‘पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा हौं । निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ- अब यो रोक । एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो । वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं,’ सभापति थापाले भने ।
पार्टीभित्रका नेताहरूसँग नवनिर्वाचित पदाधिकारी र नेताहरूले कुराकानी गरिरहेको बताउँदै सभापति थापाले केही दिनभित्रमै सबै नेता एक ठाउँमा बसेर आगामी निर्णय लिने बताए । ‘दुई-तीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्नुहुन्छ । संवादको थालनी गरिसकेको छु । पार्टीका साथीहरूसँग विभिन्न तहमा छलफल भएको छ,’ उनले भने । पार्टीका सबै पक्षलाई समेटेर अगाडि बढाउने उनको भनाइ थियो ।
पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको नयाँ निर्वाचित समितिलाई हुने भनी निर्वाचन आयोगले शुक्रबार निर्णय गरेको थियो । उक्त निर्णयपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।
सभापति थापाले यस सम्बन्धमा भने, ‘कांग्रेस विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कुरा टुंगिएपछि यो विधानसम्मत भएन कि भनेर निर्वाचन आयोगमा जाने र परीक्षण गर्ने कुरा पार्टीका साथीहरूले गर्नुभयो । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । हामी पनि निर्वाचन आयोग गएका हौं ।’
थापाले आधिकारिकताको विवाद टुंगो लागिसकेपछि अब एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । नयाँ युगको नयाँ चेतनाअनुसारको कांग्रेस पार्टी निर्माण गर्नका लागि नयाँ र पुराना पुस्ताका नेताहरूलाई समेटेर लैजाने उनको भनाइ थियो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए