आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र २ निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ जना विभिन्न राजनीतिक दलका र चार जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेकपा (एमाले) बाट कालीगण्डकी गाउँपालिका–५ का खिम बहादुर थापा, नेपाली कांग्रेसबाट चापाकोट नगरपालिका–५ का भागवत प्रकाश मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वालिङ नगरपालिका–१४ का झविलाल डुम्रे उम्मेदवार बनेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कालीगण्डकी–४ का पदमबहादुर विकले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वालिङ–१३ का रविन पाठक, मंगोल नेशनल अर्गनाइजेसनबाट चापाकोट–९ का खर्क बहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट वालिङ–१० का तेजबहादुर थापा र राष्ट्रिय जनमुक्ति पार्टीबाट कालीगण्डकी–४ का हरिदेव थापा उम्मेदवार छन् ।
यसैगरी जय मातृभूमि पार्टीबाट चापाकोट–३ का धनबहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वालिङ–१ का टिकाराम रेग्मी र राष्ट्रिय जनमोर्चा पार्टीबाट वालिङ–१० का राजेन्द्रप्रसाद गैरेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा चापाकोट–२ का सागर थापा मगर, वालिङ–९ का दिलिप श्रेष्ठ, वालिङ–१४ का खिम बहादुर क्षेत्री र कालीगण्डकी–४ का घनश्याम पाण्डे मैदानमा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ॠषि पौडेलका अनुसार सबै उम्मेदवारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि उम्मेदवारहरूले देश र जनताको हितलाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा सहभागी भएको प्रतिक्रिया दिएका छन् । दर्ताका क्रममा ठूला दलका उम्मेदवार बाजागाजा र समर्थकसहित उपस्थित हुँदा साना दल र स्वतन्त्र उम्मेदवार भने सीमित प्रस्तावक–समर्थकका साथ शान्त रूपमा कार्यालय पुगेका थिए ।
सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा