काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत खेपेका विवादास्पद व्यापारीले दिएको करोडौंको गाडी चढेकोबारे पत्रकारले सोधेको प्रश्न जवाफ नदिई पन्छिएका छन् ।
झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा पत्रकारले घेरे।
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे छलफललका क्रममा साहले यसपालीको चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने बताए। तर उनैले जवाफदेही नबनी पत्रकारको प्रश्नको उत्तर नदिइ सहयोगी कुमार बेनलाई पछि लगाउँदै सेतो रंगको गाडी चढेर हिँडे ।
कुमार बेनको घरबाट बाहिर निस्किने क्रममा पत्रकारले उनलाई सोधे, ‘तपाईंले व्यापारीले दिएको करोडौंको गाडी चढेको कुरा आएको छ नि, गाडीबारे विवाद आइरहेको छ नि, जवाफ दिनुस् न।’
तर बालेन सकेसम्म पत्रकारले नभेटुन् भनेर हतार हतार गाडीतिर दौडिए । उनलाई पत्रकारबाट जोगाउन सहयोगी छल्दै छल्दै लगे । सुरूमा पत्रकार बुम तेर्स्याउँदै प्रश्न गरे पनि उनी जवाफ दिन तयार भएनन् ।
त्यसपछि अर्को पत्रकारले कडा स्वरमा उनलाई सोध्छन्, ‘आठ करोडको गाडी चढ्नु भएको कुरा आएको छ, यसमा जवाफ दिनुपर्यो नि!’ तर यो कडा प्रश्नको पनि उनी सामना गर्न, प्रतिरक्षा गर्न तयार भएनन् । बरू सहयोगीले घेरिएर अघि बढिरहे । पत्रकारका ती प्रश्नको जवाफ नदिई आफूलाई भावी प्रधानमन्त्री भनिरहेका बालेन चुपचाप ज्वागलबाट गायब भए ।
चुनावको प्रचारप्रसारका लागि बालेनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर विवादित व्यापारी कमलकिशोर मालपानीको भएको खुलिसकेको छ ।
जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन डिफेन्डरको नेपाली मूल्य ८ करोड रुपैयाँको भनिएको छ। तर यस गाडीको वास्तविक बिक्री मूल्य ४ करोड २९ लाख रहेको खुलेको छ । नेपालमा डिफेन्डर ४ युनिट आयात गरिएको छ ।
मालपानी केही वर्षअघि मात्र मानपदवी जनसेवाश्री पदकबाट सम्मानित भएका थिए । उनीविरुद्ध २०७६ सालमा कर छली तथा झुट्टा (नक्कली भ्याट)को मुद्दा रास्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाका बालेन्द्रले झापा–५ बाट उम्मेदवारी दिएका छन्। जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदैछन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण