काठमाडौँ । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।
घिमिरेले कांग्रेस एमालेलगायतले दायर गरेको रिटको सुनुवाइ अगाडि बढाउन बिहीबार प्रधानन्यायाधीश राउतलाई भेटेर ध्यानाकर्षण गराइने जानकारी दिए ।
‘कांग्रेस एमालेलगायतका दर्जन बढी रिट संसद् पुनर्स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन । आलटाल गरिरहेको छ,’ घिमिरेले भने, ‘रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ । जे हो न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भन्दै भोलि ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशको समय लिएका छौँ ।’
घिमिरेले एमालेका सांसदलाई पनि सर्वोच्च जानका लागि खबर गरेको जानकारी दिए । कांग्रेसका ६५ पूर्व सांसदले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् ।
काठमाडौँ उपलब्ध पुनर्स्थापनाका लागि रिट दायर गर्ने सबै पूर्वसांसद भोलि सर्वोच्चमा जाने घिमिरेले जानकारी दिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण