काठमाडौँ- नेकपा एमालेले चुनावी तालमेल गर्न नेकपालाई प्रस्ताव गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव नेपाललाई फोनमार्फत चुनावी तालमेलको प्रस्ताव गरेका हुन्। फागुन २१ गतेका लागि तोकिएको चुनावको मिति नजिकिएसँगै दलहरुले तयारी तीव्र पारेका छन्।
देशभर एमाले, नेकपा, कांग्रेस र रास्वपाबीच चौपक्षीय प्रतिस्पर्धासँगै केही क्षेत्रमा अरु दलहरूसमेत प्रतिस्पर्धामा रहेका अवस्थामा ओलीले चुनाव तालमेलका लागि हात अघि बढाएका हुन्।
नेकपाले भने ओलीको प्रस्तावलाई अस्वीकार गरेको बताइन्छ । नेता वर्षमान पुनले नेकपाले अहिले कुनै पनि दलसँग तालमेल नगर्ने बताए। पुनले भने, ‘अहिले हामी कोहीसँग पनि तालमेल गर्दैनौँ। त्यसको संभावना छैन। हामीले देशैभर उम्मेदवार उठाएका छौँ। आफ्ना उम्मेदवार जिताउन लाग्छौँ।’
एमालेका नेता राजेन्द्र गौतमले पार्टीले औपचारिक रुपमा कुनै पनि दलसँग संवाद नगरेको तर नेताहरूबीच भएका कुराकानीबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘औपचारिक रुपमा त कुनै दलसँग कुरा भएको छैन। तर नेताहरुबीच कुरा भएको हुन सक्छ। मलाई त्यसबारे जानकारी छैन।’
ओलीले फागुन २१ गतेको चुनाव निष्पक्ष हुन नसक्ने दाबी केही दिनअघि सार्वजनिक रुपमा गरेका थिए। उनीले चुनावमा सार्नसमेत अरु दलका नेताहरुसँग लविङ गरिरहेका छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा