नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा सेनालाई पहिलो सुरक्षाको जिम्मा नदिन प्रधानमन्त्री शुशिला कार्कीको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बिहान उपाध्यक्ष विष्णु पौडेललाई लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका ओलीले अघिल्ला चुनावमा सेनाको भूमिका सहयोगीका रुपमा मात्रै हुने स्मरण गराएका थिए।
भदौ २४ गते जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीले तत्कालीन अवस्थामा सेनाले खेलेको भूमिका प्रति असन्तुष्टि जनाउँदै आएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आफूलाई सेनाले भदौ २७ गते कार्कीले प्रधानमन्त्रीको शपथ लिएपछि मात्रै मोबाइल चलाउन दिएको सम्पादकहरूसँग बताएका थिए।
सेनाकै असहयोगका कारण हेलिकोप्टर चढेर बालुवाटार छाड्नु परेको बुझाइमा रहेका ओलीले चुनावी सुरक्षाप्रति पनि उसको भूमिकामाथि शंका गरेका हुन्।
भेटका क्रममा एमाले अध्यक्ष ओलीले बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्न नहुने धारणा राखेका थिए। अप्रत्यक्ष रुपमा चुनावको वातावरण बनाउने र आफ्ना कुरा प्रधानमनत्री समक्ष राखेर राष्ट्रिय एजेण्डाका रुपमा अघि बढाउने रणनीतिका साथ ओलीले प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेर आफ्ना कुरा भनेको एमाले स्रोतले बतायो।
ओलीले प्रधानमन्त्री कार्कीलाई धाँधलीरहित चुनाव गराउनसमेत ध्यानाकर्षण गराएको स्रोतले बतायो। उनले मतदानपछि मतपेटिकाको सुरक्षामा विशेष ध्यान दिन सुझाए।
ओलीले चुनावी सरकारको नियतमाथि प्रश्न पनि उठाएका छन्।
ओलीले देशमा लोकतान्त्रिक शक्तिहरुलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री कार्कीसँग गुनासो गरेको बालुवाटार स्रोतले जानकारी दियो। भेटमा जेनजी आन्दोलनका कारण फागुन २१ गते हुन लागेको चुनावको सम्भावित परिणाम लोकतान्त्रिक शक्तिलाई विस्थापित गर्ने डिजाइन भएको दाबी गरेका छन्।
स्रोतले भन्यो, ‘ओलीजीले सरकारले डिजाइनमा काम गरिरहेको छ भन्नुभयो।’ झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्न रास्वपाका बालेन शाहले उम्मेदवारी दिएका छन्।
यसप्रति ओलीले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन्। निष्पक्ष चुनावी सरकार भने पनि रास्वपालाई सहयोग गरिरहेको आरोप ओलीले भेटका क्रममा लगाएका थिए। रास्वपाका नेताहरु सरकारमाथि हाबी भएको उनको दाबी थियो।
ओलीले कार्कीसँग भने, ‘राष्ट्रिय सम्पत्ति ध्वस्त पार्नेलाई सरकारले संरक्षण गरेको छ। सरकार लोकतान्त्रिक शक्तिहरुलाई नै विस्थापित गर्ने ढंगले अघि बढेको अनुभूति हुन थालेको छ।’
शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्र झापामा केन्द्रित हुने योजनामा रहेका ओलीले त्यसअघि प्रधानमन्त्रीसँग करिब दुई घण्टा कुराकानी गरेका हुन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण