काठमाडौँ — जेन–जी अभियन्ता माजिद अन्सारीले सिंहदरबार जलाउनेहरुलाई कारबाही गर्नुपर्ने बताए ।
‘संसद् भित्रबाट गोली नचलेको भए । ओली सरकार ढल्ने थिएन । बानेश्वरसम्म पुग्दा सरकार ढाल्ने एजेन्डा थिएन,’ कान्तिपुर कन्क्लेभको दोस्रो दिनको चौथो सत्र ‘गणतन्त्रका नयाँ आवाज’ विषयक सत्रमा धारणा राख्दै उनले भने, ‘गोली चलाएर युवा मारेपछि २४ गते सरकार ढाल्न लागेको हो । २३ गतेको प्रतिक्रिया २४ गते दिएको हो । तर सिंहदरबार जलाउन हुँदैन थियो । जलाउनेहरुलाई कारबाही हुनुपर्छ ।’
संसद् भवन अगाडि फेरि यस्ता घटना दोहोरिन नहुने अन्सारीले जनाए । ‘अहिले पनि असन्तुष्टिहरु कायम छ । आन्दोलन हुनुपर्छ । गरिरहनुपर्छ । तर त्यो आन्दोलन लोकतान्त्रिक करण हुनुपर्छ,’ उनले भने ।
गणतन्त्रमा पञ्चायतकालीन ऐन, नियम भएकाले युवाहरु आन्दोलनमा आउन बाध्य भएको उनले जनाए । ‘प्रहरी प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । प्रहरी र कर्मचारीलाई विकेन्द्रीकरण गर्नुपर्छ । विद्यालय शिक्षा विधेयक आएको छैन,’ उनले भने, ‘गणतन्त्रमा पञ्चायतीकालीन ऐन, नियमले शासन गरेकाले जेन–जी आन्दोलन भएको थियो ।’ फागुन २१ गतेको चुनावबाट बन्न संसद्ले संविधानअनुसार ऐन कानुन बनाउनुपर्ने उनले बताए । ‘अब आउने संसद्लाई ऐन परिवर्तन नगरी बस्ने छुट छैन,’ अन्सारीले भने ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ