काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको मतगणना सकिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ वटा राष्ट्रिय दल बनेका छन् ।
उनीहरुले कति सिट प्राप्त गरे भन्नेबारे अन्तिम विषयमा निर्वाचन क्षेत्रको मत भेरिफाई गरेर अन्तिम परिणाम निकाल्ने कार्य जारी रहेको छ। निर्वाचन आयोगले समानुपातिक सांसद छान्न मतका आधारमा दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । गत पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट पेश गर्ने छन्।
यता संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ । तर, बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
निर्वाचन आयोगले दलहरुबाठ आएको नाम मिले/नमिलेको हेरेर समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएपछि निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ।
सांसदहरुले सपथ लिनका लागि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् र उनले अरु सांसदलाई शपथ गराउने प्रचलन छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्नेछन्। राष्ट्रपतिलाई आयोगले औपचारिक प्रतिवेदन बुझाउने र मत परिणाम सार्वजनिकभएपश्चात भने सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फमा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?