काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुलाई धन्यवाद दिएकी छन् ।
धन्यवाद ज्ञापनका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमाले नेतृत्वलाई आमन्त्रण गरेकी थिइन् । भेटघाटमा एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी थिए ।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गरिन्।
‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु’, एमाले नेताहरूलाई फकाउँदै भनिन्।
उनले निर्वाचनलाई देशको समस्याबाट निकास दिने महत्वपूर्ण माध्यमको रुपमा उल्लेख गर्दै सहयोगी भूमिकाका लागि आभार व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा जित-हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशले पार्टीको दीर्घकालीन हैसियत निर्धारण नगर्ने बताइन्
उनले भारतीय नेताहरू अटल बिहारी वाजपेयी र इन्दिरा गान्धीको उदाहरण दिँदै राजनीतिक उतारचढाव स्वाभाविक रहेको धारणा राखिन् ।
उनले निर्वाचनमा जित-हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिइन् ।
‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले व्यहोरेको उतारचढाव पनि देखेकै छौँ’, उनले भनिन्, ‘राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।’
भेटमा एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री र सरकारलाई बधाई दिए ।
उनीहरुले प्रशासनको निष्पक्षता, शान्त वातावरण र कम खर्चिलो चुनावी अभ्यासप्रति सरकारको प्रशंसा गरेका थिए।
यसअघि प्रधानमन्त्री कार्की आइतबार पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली लाई भेट्न भक्तपुरको गुन्डुस्थित निवासमै पुगेकी थिइन् ।
सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
पूर्वराजारानी पोखरा भ्रमणमा आउँदै
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?