काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । बागलुङको बिहुँमा जन्मिएका डा. कडेललाई मन्त्रिपरिद्को आइतबारको बैठकले उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । कँडेल बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमै विद्यावारिधि गरेका व्यक्ति हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन् ।
उनी पत्रकार महासंघ (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) धौलागिरी शाखाको सभापति पनि निए । विसं २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति पनि थिए ।
कानुनी अभ्यासकै क्रममा उनी नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि उच्च शिक्षाका लागि युरोपका विश्वविद्यालहरू गए । २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेर पछि बेलायतबाट विद्यावारिधी गरे ।
आफ्नो व्यावसायिक जीवनमा उनले अदालतमा बहस मात्र गरेनन् मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनको वकालतमा फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल र मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरूसँग मिलेर पनि काम गरे ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा