सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली

राजनीति

सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली

kp-oli appeal

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षको सन्देश दिँदै उनले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सार्थक सहकार्य आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले २०८२ साल अब इतिहास बनिसकेको उल्लेख गर्दै विगतका सफलता, असफलता, अवसर र चुनौतीहरूको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। साथै, ती अनुभवबाट पाठ सिक्दै भविष्यतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ।

ओलीले नयाँ वर्ष २०८३ ले अनुभवी पुस्ता र युवा शक्तिबीच प्रभावकारी समन्वय स्थापित गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाओस् भन्ने कामना व्यक्त गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ