प्रधानमन्त्री बालेन शाहले बिहीबार दिउँसो मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्री शाहले दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्।
मुख्यमन्त्रीहरूका कुरा सुन्ने गरी प्रधानमन्त्री शाहले छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीमा इन्द्र बानियाँ, मधेसका कृष्णप्रसाद साह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की छलफलमा सहभागी हुनेछन्।
‘मुख्यमन्त्रीहरूको कुरा सुन्न नै छलफलको आयोजना गरिएको हो। प्रधानमन्त्रीले सरकारका प्राथमिकता, दृष्टिकोणबारे कुरा राख्नुहुनेछ,’ बजगाईंले भने।
प्रधानमन्त्री संघीयतालाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा छन्। त्यसका लागि आवश्यक कानुनी, नीतिगत र प्राथमिकता लगायत क्षेत्रमा आवश्यक सुधार गर्न प्रधानमन्त्री कार्यालय तत्पर देखिएको सचिवालयको भनाइ छ।
यही अन्तर्गत छलफलको आयोजना गरिएको हो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा