नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अहिले आम निर्वाचन २०८२ मा बेहोरेको पराजयपछि समीक्षा प्रक्रियामा प्रवेश गरेको बताएका छन्।
निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने जानकारी समेत दिए।
‘यतिबेला नेकपा (एमाले) आम निर्वाचन ०८२ मा बेहोर्नु परेको पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको छ। निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ।’
समीक्षा प्रक्रियालाई थप व्यवस्थित बनाउन केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव समेत संकलन गरिरहेको पोखरेलले उल्लेख गरेका छन्। प्राप्त तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले अन्तिम समीक्षा गरी संस्थागत धारणा तय गर्ने तयारी गरिएको छ।
उनले भने, ‘निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।’
महासचिव पोखरेलका अनुसार समीक्षाको निष्कर्षका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत तथा पुनर्गठित गरिनेछ। साथै उनले यस अवधिमा पार्टीलाई कमजोर बनाउने उद्देश्यले भइरहेको नियोजित र प्रायोजित प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
‘निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ,’ उनले भने।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण