घाँसको भारीसँगै कर्णालीमा बेपत्ता बाबु-छोरा अझै फेला परेनन्

दुःखान्त

घाँसको भारीसँगै कर्णालीमा बेपत्ता बाबु-छोरा अझै फेला परेनन्

karnali-babuchhora-bepatta

अछाम । एक भारी घाँसका लागि कर्णाली तरेका अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाको अवस्था अझै अज्ञात छ।

बिहीबार साँझ सुर्खेतबाट घाँस लिएर फर्कने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका उनीहरूको खोजीमा अहिले सुरक्षा निकायका आधा दर्जन युनिट परिचालन गरिएका छन्।

पहलसिंह आफैँले चलाएको डुङ्गा कर्णालीको बिच भागमा पुगेपछि अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार, घटनास्थलमा सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोलीसहित नेपाल प्रहरीका चार वटा युनिटले खोजी कार्यलाई तीव्रता दिएका छन् ।

नदीको तीव्र बहाव र भौगोलिक विकटताका कारण खोजीमा कठिनाइ भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ