सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब

नयाँ व्यवस्था

सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब

sarkari karmachari

पोखरा । सरकारी कर्मचारीको पारिश्रमिक भुक्तानी प्रणालीमा सरकारले फेरबदल गरेको छ। अब कर्मचारीले महिना मर्नुअघि नै दुई पटक आफ्नो तलब सुविधा पाउनेछन्। अर्थ मन्त्रालयले हालै यस्तो महत्वपूर्ण निर्णय गरेको हो।

मन्त्रालयले यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक निर्देशन दिएको छ। जारी पत्रअनुसार कार्यालयले अब यसको तयारी थाल्नुपर्नेछ। अहिलेसम्म कर्मचारीले महिनाको अन्त्यमा मात्र एकैपटक तलब बुझ्ने चलन थियो। नयाँ व्यवस्था लागू भएपछि महिनालाई दुई चरणमा बाँडेर पारिश्रमिक वितरण हुनेछ।

पारिश्रमिक पाउने समय फेरिँदा कर्मचारीलाई फाइदा पुग्ने अर्थ मन्त्रालयको ठहर छ। यसले कर्मचारीको नगद प्रवाह व्यवस्थापनलाई सहज बनाउनेछ। उनीहरूलाई आर्थिक योजना बनाउनसमेत यसले मद्दत गर्ने अपेक्षा गरिएको छ। नियमित रूपमा पैसा हात पर्दा दैनिक खर्च चलाउन सजिलो हुने मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ