पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ ।
पोखरा स्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएकोमा उपाध्यक्ष भण्डारीलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
प्रदेश प्रमुख भट्टले संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिँदै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरू साझा गरेका थिए ।
संवैधानिक पदाधिकारीहरूबीचको औपचारिक छलफलका क्रममा उपाध्यक्ष भण्डारीले समसामयिक विषयमा चासो राखेकी थिइन् । मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै उनले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको उल्लेख गरिन् ।

व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपर्ने भन्दै उनले संविधानको पूर्ण कार्यान्वयनका लागि संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको कार्यान्वयनबाटै सम्भव रहने बताइन् । प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता भएको उल्लेख गरिन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा