विकल्पै नदिइ हतारमा २७५ जना विद्यार्थी पढ्ने विद्यालय भत्काएकोमा सरकारको चर्को विरोध

अमानवीय कार्य

विकल्पै नदिइ हतारमा २७५ जना विद्यार्थी पढ्ने विद्यालय भत्काएकोमा सरकारको चर्को विरोध

manohara-sukumbasi-2

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मनोहरा सुकुम्बासी बस्ती भत्काउँदा २७५ अध्ययरत विद्यालय पनि भत्काएपछि आपत्ति जनाएको छ।

आइतबार सुकुम्बासी बस्ती भत्काउँदा २१ वर्षदेखि सञ्चालनमा रहेको सरस्वती आधारभूत विद्यालय भत्काइएको थियो। उक्त विद्यालय भत्काइएकोमा नेविसंघका प्रवक्ता सुरज सेजुवालले सोमबार विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट जनाएका छन्।

‘विशेषतः आगामी २० गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला २७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय वैकल्पिक योजना विनै भत्काउनु अत्यन्त संवेदनशील एवं आपत्तिजनक विषय हो’, विज्ञप्तिमा भनिएको छ।

विद्यालय केवल भौतिक संरचना मात्र नभई बालबालिकाको सिकाइ, संरक्षण र भविष्य निर्माणको आधार भएको भन्दै बालबालिकाको शिक्षालाई कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने गरी संवेदनशील र जिम्मेवार व्यवस्थापन आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ