काठमाडौँ – सरकारले आफ्ना कर्मचारीविरुद्ध मुद्दा चलाउँदा स्वीकृति लिनुपर्ने प्रावधान प्रस्ताव गरेको छ।
सामान्य प्रशासन मन्त्रालयले पृष्ठपोषणका लागि सार्वजनिक गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चाल र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा पदीय जिम्म्मेवारीको सवालमा मुद्दा चलाउनु परे स्वीकृति लिनुपर्ने प्रावधान राखेको हो।
यसको मतलब सरकारी काम कारबाहीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले छानबिन गरेर मुद्दा लगाउन भने स्वीकृति लिनुपर्ने कानुनी प्रबन्ध गर्न लागिएको हो।
हाल प्रचलनमा रहेको निजामती ऐन २०४९ मा सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार वा अरु कुनै किसिमको मुद्दा लगाउनका लागि सरकारी स्वीकृति आवश्यक पर्दैन।
विधेयकको दफा ९७ मा निजामती कर्मचारीको बचाउ शीर्षकअन्तर्गत पदीय जिम्मेवारीको काम गर्दा आइपर्नसक्ने झमेलाबाट बचाउन अख्तियारवालको अनुमति चाहिने व्यवस्था गरिएको हो। प्रस्तावित विधेयकमा भनिएको छ, ‘निजामती कर्मचारीले आफ्नो ओहोदाको कर्तव्य पालनाको सिलसिलामा गरेको कामको सम्बन्धमा अख्तियारवालाको स्वीकृति नलिई निजउपर मुद्दा चल्न सक्ने छैन।’
त्यस्तै, कुनै अवकासप्राप्त कर्मचारीविरुद्ध मुद्दा चलाउन पनि सरकारले अनुमति दिनुपर्ने प्रावधान विधेयकमा राखिएको छ। ‘कुनै निजामती कर्मचारी वहाल हुँदा आफ्नो ओहोदाको कर्तव्य पालनाको सिलसिलामा गरेको कामको सम्बन्धमा अवकाश भएपछि पनि नेपाल सरकारको स्वीकृति नलिई निजउपर मुद्दा चल्न सक्ने छैन,’ विधेयकको दफा ९७ (२) मा भनिएको छ।
त्यस्तै, कुनै निर्णय प्रक्रियामा नभएको माथिल्लो निकाय वा पदाधिकारीले गरेको निर्णय कार्यान्वयनमा मात्र संलग्न कर्मचारीविरुद्ध पनि मुद्दा लगाउन नपाइने भएको छ। सरकारको स्वीकृतिमा लागेको मुद्दाको प्रतिरक्षा सरकार आफैँले गरिदिने व्यवस्था पनि विधेयकमा गरिएको छ।
अनुसन्धानका लागि पक्राउ गर्दा पनि अख्तियारवालाको स्वीकृति अनिवार्य गरिएको छ। विधेयकमा भनिएको छ, ‘कुनै निजामती कर्मचारीले कर्तव्य पालनाको सिलसिलामा गरेको कामको सम्बन्धमा अनुसन्धानको लागि त्यस्तो कर्मचारीलाई पक्राउ गर्नुपर्ने भएमा सम्बन्धित अख्तियारवालाको स्वीकृति लिएर पक्राउ गर्नुपर्नेछ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा