‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’

राजनीति

‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’

sukumbasi pidit

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् ।

राउतले आज सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै सरकारलाई तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्।

राउतले लेखेका छन्,‘विकास भनेको सर्वप्रथम हरेक जनताले खुट्टा टेक्ने र ओत लाग्ने ठाउँ हुनु, भोको र नाङ्गो कोही नहुनु, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच हुनु र समान अधिकार, पहिचान र सम्मान हुनु हो। ब्रान्डेड शपिङ्ग गरेको झोला हल्लाउँदै हिँड्ने चिल्ला फुटपाथ, पैदल यात्रु देख्न नसक्ने चौडा सडक, नवधनाढ्यले ब्रान्डेड जुत्ता देखाउँदै जगिंग गर्ने नदी किनारहरू, र गरीब मजदूर सीमान्तकृत गाउँलेहरू धपाइएको राजधानी होइन।’

सेना, बन्दुक, सत्ता, एल्गोरिद्‍म, लाइक्स, कमेन्ट र भ्यूज वा शक्ति केन्द्रको भरमा जनताभन्दा माथि हुने भ्रम नपाल्न उनले सरकारलाई सुझाव दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ