काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् ।
पार्टी संसदीय दलको बैठकपछि बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको जिकिरसमेत गरे । संसद् अधिवेशन आह्वान र बन्द गर्ने खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको टिप्पणी छ ।
उनले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गराएको पनि बताए । प्रधानमन्त्री शाहका मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा कांग्रेसलाई मान्य नहुने चेतावनी समेत सभापति थापाले दिए ।
‘आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने । जसलाई मन लाग्यो, त्यसलाई बनाउने । त्यहाँभित्र अमङ द उम्मेदवार । यो कुरा सोचेर संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्नका लागि संसद् आह्वान गर्ने, संसद् बन्द गर्ने सबै प्रपञ्च रचिएको छ,’ उनले भने, ‘अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो । त्यो बेला हामीले रोक्यौँ । अब अहिले हामीले रोक्न सकेनौँ । किनकि यो अध्यादेश बनेर गयो । यो भन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्तिका लागि पूरै जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुनुहुन्छ । यो आपत्तिजनक छ ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा