पोखरा ५ पर्स्याङमा रहेको शान्ति निकेतन स्कूलले आफ्नो उत्कृष्ट नतिजाको यात्रालाई निरन्तरता दिएको छ । एसइई २०८२ मा विद्यालयबाट सहभागी ३९ जना विद्यार्थीमध्ये ३ जनाले सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रतिमा पौडेल, सखिम भण्डारी र संगम क्षेत्रीले ४ जीपीए ल्याएका छन् । यी बाहेक ५ जनाले ३.९ भन्दा बढी जीपीए ल्याएका छन् भने ३.६ जीपीए बढी ल्याउने १६ जना छन् ।
विद्यालयका संस्थापक प्रीन्सिपल डा. महेश्वर पराजुलीले वर्षेनी विद्यालयको नतिजामा सुधार हुँदै आएको बताउँदै सन्तुष्टि व्यक्त गरे । २०८० मा एक जनाले र २०८२ मा दुई जनाले ४ जीपीए ल्याएका थिए । विद्यार्थीको मेहनत, अनुभवी शिक्षक शिक्षिकाको लगनशीलता, अभिभावकको निरन्तर चासो र सहयोगले गर्दा विद्यालयले उचाई हाँसिल गर्न सफल भएको उनले दावी गरे ।
विद्यालयका सहायक प्राचार्य यदूविलास भूर्त्यालले विद्यालयको नतिजाले उत्साहित बनाएको प्रतिक्रिया दिए ।

यसैबीच, शान्ति निकेतनले सुविधासम्पन्न पूर्वाधार तयार गरी यसै वर्षदेखि कक्षा ११ को पढाई सुरु गरेको छ । साइन्स बायोलोजी, साइन्स कम्प्युटर, म्यानेजमेन्ट बिजनेश म्याथ, म्यानेजमेन्ट कम्प्युटर र म्यानेजमेन्ट बिजनेश स्टडिजमा अध्ययन सुरु गरेकाले उत्कृष्ट विद्यार्थीलाई भर्नाका लागि सूचना प्रकाशन गरेको छ ।

सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन