प्रधानमन्त्री बालेनको राजीनामा माग, संसद्‍मा आक्रामक बने प्रतिपक्षी दल

राजनीति

प्रधानमन्त्री बालेनको राजीनामा माग, संसद्‍मा आक्रामक बने प्रतिपक्षी दल

pratipakshi

प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन्।

सरकारले गत सोमबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरुले नारावाजीसहित संसद्को विरोध गरेका हुन्।

प्रधानमन्त्री शाहको साटो अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने कार्यक्रम थियो। सो लगत्तै प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको आजको कामकारबाही अघि बढ्न नदिएका हुन्। प्रतिपक्षी दलका सांसदहरूले बहुमतको आडमा कार्यसूची नै उल्लंघन गर्ने कार्य अस्वीकार्य रहेको बताए।

सभामुख डोलप्रसाद अर्यालले बारम्बार नियमावलीअनुसार अघि बढ्न आग्रह गरेपनि नमानेपछि प्रमुख प्रतिपक्षी दलका नेता अर्जुननरसिंह केसीलाई बोल्न समय दिएका थिए। केसीले प्रधानमन्त्री शाह उपस्थित नभए प्रतिपक्षी दलले सदन बहिस्कार गर्ने चेतावनी दिए। उनले कुनै पनि विषय टेबल गर्ने कुरा सामान्य भएपनि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले सत्ता रास्वपाकै भए पनि जनताको आवाज सुन्न प्रधानमन्त्री उपस्थित हुनै पर्ने तर्क गरे। नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धता भएकाले यसको जवाफ सदनबाटै खोज्नु पर्ने र प्रधानमन्त्री उपस्थित हुनै तर्क गरे। उनले प्रधानमन्त्री शाहलाई तत्काल सदनमा उपस्थित हुन सदनले रुलिङ गर्न सभामुख अर्याललाई आग्रह गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ