काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको मर्यादा र संसदीय अभ्यासको बेवास्ता गरेको आरोप लगाउँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले शुक्रबार जारी वक्तव्यमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको दाबी गरेका हुन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएको, त्यसपछि सभामा नफर्किएको तथा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत अनुपस्थित रहेको, प्रतिपक्षले उपस्थितिको माग गर्दा पनि संसद्मा नआएको र आफ्नै कार्यालयबाट संसदका गतिविधि लाइभ हेरेर बसेको उल्लेख गरेका छन्।
‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ?’ वक्तव्यमा राईले प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने संसदीय परम्पराको समेत बेवास्ता गरेको उल्लेख गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने बताएका छन्।
‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ,’ राईको भनाइ छ ।
राईले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप समेत लगाएका छन् । उनले सीमाको रक्षा गर्न नसकेको, गरिब तथा दुःखी जनतालाई राहत दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा