मित्रमिलन सहकारीको ऋण नतिर्ने २६ जना विरुद्ध पक्राउ पुर्जी जारी

पक्राउ पुर्जी

मित्रमिलन सहकारीको ऋण नतिर्ने २६ जना विरुद्ध पक्राउ पुर्जी जारी

mitramilan thagi

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीबाट ऋण लिएर नतिर्नेहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामो समय अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको हो ।

वैशाख २८ गते प्रतिवेदन पेस भएपछि प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । सहकारीको २९ करोड ४६ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ ।

लामो समय ऋण नतिर्ने २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले बताए । सबैजना अहिले फरार रहेकाले खोजी तीव्र पारिएको छ ।

सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने र प्रहरीको बारम्बारको ताकेतालाई अटेर गरेकाले पक्राउ पुर्जी नै जारी गरिएको उनले बताए ।

पक्राउ पुर्जी जारी भएकामा कास्की मादी–२ स्थायी घर भई हाल पोखरा–१३ बस्ने ३८ वर्षीया रोश माया गुरुङ, पोखरा–५ प्रस्याङ बस्ने ४१ वर्षीया प्रतिमा पौडेल (लम्साल), तनहुँ फरकचौर–४ का ४२ वर्षीय अमृत परियार र स्याङ्जा फेदीखोला–४ स्थायी घर भई हाल पोखरा–१ बस्ने ६० वर्षीय कर्ण बहादुर रानाभाट छन् ।

त्यसैगरी, पोखरा–१३ की ४६ वर्षीया निकिता के.सी., रुपन्देही घर भई हाल पोखरा–७ बस्ने ३२ वर्षीय करण चौधरी, पोखरा–६ बैदामकी ४२ वर्षीया सिता कार्की, बागलुङ तमानखोला–१ का ३५ वर्षीय रेम बहादुर बि.क., पोखरा–१३ की ४८ वर्षीया तारा घर्ती र सोही स्थानकी ४८ वर्षीया लिला देवी गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रहरीको सूचीमा पर्वत घर भई पोखरा–८ बस्ने ३४ वर्षीया सृजना देवी रिजाल कार्की, स्याङ्जा घर भई पोखरा–१७ बस्ने ३५ वर्षीय बोधराज रेग्मी, गोरखा घर भई पोखरा–११ बस्ने ४५ वर्षीया आशा आले, पोखरा–३३ का ४० वर्षीय रुम बहादुर मल्ल, पोखरा–५ का ४७ वर्षीय निपेन्द्र कुमार श्रेष्ठ र पोखरा–२ का ५९ वर्षीय बसन्त देव नापित समावेश छन् ।

यस्तै, स्याङ्जा घर भई पोखरा–१३ बस्ने ५२ वर्षीया नरमता गुरुङ, स्याङ्जा घर भई हाल पोखरा–१७ बस्ने ४८ वर्षीय चन्द्र बहादुर बि.क., तनहुँ घर भई पोखरा–१ बस्ने ५४ वर्षीय सुरोज कुमार श्रेष्ठ, पोखरा–१७ का ३० वर्षीय विनय गुरुङ, स्याङ्जा घर भई पोखरा–१५ बस्ने ५९ वर्षीया शान्ती कुमारी के.सी., तनहुँका ३४ वर्षीय अर्जुन राना, कास्की मादी–७ का ५४ वर्षीय शिवदत्त जैसी तिवारी, पोखरा–१३ का ५२ वर्षीय शिवराज बराल, पोखरा–२१ का ८८ वर्षीय वृद्ध हुमनाथ अधिकारी, पोखरा–८ की सौजना अधिकारी र पोखरा–१३ का मीन प्रसाद गुरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन तथा बचतकर्ताको जाहेरीका आधारमा सबैको बिगो छुट्याएर प्रतिवादी कायम गरिएको बस्नेतले बताए । ‘हरेक व्यक्तिको बिगो कायम गरिएको छ । अब सरकारी वकिल कार्यालयले थप अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ,’ उनले भने ।

यसअघि पूर्वरजिष्ट्रार र वडाध्यक्षसहित ३३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । सहकारीका अध्यक्ष रमण पौडेलसहित पदाधिकारीहरूले बचतकर्ताको रकम मन्जुरीबिनै गायब पारेर रियलस्टेट एजेन्टसँगको मिलेमतोमा ठगी गरेको जाहेरीमा उल्लेख छ ।

सहकारीका अध्यक्ष रमण पौडेलसहित सहकारी रजिष्ट्रार कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालीन प्रबन्धक सन्तोष घिमिरे, पोखरा २१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी लगायतविरुद्ध अनुसन्धान भइरहेको छ । केही फरार छन् भने केही अहिले पनि पुर्पक्षका लागि कारागारमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds