प्रधानमन्त्री संसद्‍बाट भागेको भन्दै श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध

राजनीति

प्रधानमन्त्री संसद्‍बाट भागेको भन्दै श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध

Parliament_Meet-5

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहविरुद्ध प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। संसदीय दलका नेता हर्क साम्पाङसहित सो पार्टीका सांसदहरूले छातीमा प्लेकार्ड टाँसेर संसद्‍भित्रै विरोध प्रदर्शन गरेका हुन् ।

संसद्‍मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाह आफैँले दिनुपर्ने माग विपक्षी दलहरूले राख्दै आएका थिए। तर, प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि उनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

प्रधानमन्त्री प्रश्नहरूबाट पन्छिन खोजेको श्रम संस्कृति पार्टीको आरोप छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ