काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको व्यापक क्षति रोक्न नसक्नुमा नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा देशका अति संवेदनशील क्षेत्रहरू सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन (शीतल निवास) मा समेत भएको तोडफोड र आगजनीलाई सेनाको संवेदनशीलता अभाव र सुरक्षा कमजोरीका रूपमा चित्रण गरेको छ ।
प्रतिवेदनको ३२ नम्बर बुँदामा आयोगले सेनाको भूमिका र त्यससम्बन्धी बयानमा एकरूपता नदेखिएको निष्कर्ष निकालेको छ । घटनाक्रमको विश्लेषण गर्दै आयोगले २३ गते प्रदर्शन हिंसात्मक भई नियन्त्रणबाहिर जाँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग मागे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको उल्लेख गरेको छ ।
मुकदर्शक बन्यो सुरक्षा संयन्त्र
आयोगको प्रतिवेदन अनुसार २४ गते प्रदर्शनकारीहरूबाट संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास र सर्वोच्च अदालतलगायतका सरकारी कार्यालय तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी भइरहँदा समेत सुरक्षा निकाय ‘मुकदर्शक’ बनेर बसेका थिए । प्रतिवेदनमा भनिएको छ, ‘नेपाली सेना ब्यारेक बाहिर मात्र निस्किएको भए राष्ट्रलाई यति धेरै नोक्सान पुग्ने गरी यो तहको तोडफोड र आगजनीका घटनाहरू हुने थिएनन् ।’
आयोगले प्रधानसेनापतिलगायत उच्च पदस्थ पदाधिकारीहरूसँग स्पष्टीकरण सोधेको थियो । आयोगको अनुसन्धान समितिले दिएको प्रतिवेदनअनुसार सेनाले सुरुमा असहयोग गरेको र पछि ‘बन्द सवाल’ मार्फत लिखित बयान बुझाएको थियो ।
सेनाले आफ्नो बयानमा ‘सरकारबाट कुनै आदेश नआएकाले परिचालन हुन नसकेको’ तर्क पेस गरेको थियो । तर, २४ गते राति १० बजे सरकारको कुनै औपचारिक निर्णयबिना नै सेना परिचालन भएको देखिएपछि मानवअधिकार आयोगले सेनाको भनाइमा एकरूपता नभएको औँल्याएको हो ।
साथै, सिंहदरबार र राष्ट्रपति निवासको सुरक्षाका लागि पहिले नै खटिएको सेनाले समेत उक्त भवनहरू जोगाउन सामान्य प्रयाससमेत नगरेको भन्दै आयोगले असन्तुष्टि जनाएको छ ।
७६ जनाको ज्यान गइसकेको र राज्यका मुख्य संरचनाहरू खरानी भइसक्दा समेत राज्य वा सरकारको आभास नहुनु गम्भीर सुरक्षा असफलता भएको आयोगको ठहर छ ।
सम्बन्धित खबर
‘सेना बाहिर मात्र निस्किएको भए राष्ट्रलाई यति धेरै नोक्सान पुग्ने थिएन’
टीओबीले सुरक्षाकर्मीमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको आयोगको ठहर
गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ: प्रथम राष्ट्रपति यादव
जेन-जी आन्दाेलनसम्बन्धी मानव अधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
प्रहरी र सशस्त्र आईजीलाई विभागीय कारबाही गर्न सिफारिस
ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्नै नदिन र ३ वर्ष विदेश जान पनि नदिन आयोगको सिफारिस
यो पनि पढौँ
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला