काठमाडौं : नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। दुईतिहाइ बहुमतको सरकारले ल्याएको बजेट रूपान्तरणकारी हुन नसकेको टिप्पणी गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अपरिपक्व रहेको निष्कर्ष निकालेको छ ।
बजेट निमुखा तथा तल्लो वर्गको हितमा नरहेको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
उनका अनुसार दुईतिहाइ बहुमत प्राप्त सरकारले ल्याएको बजेट अपेक्षित रूपमा रूपान्तरणकारी हुन नसकेको बैठकको निष्कर्ष छ । बजेटले तल्लो वर्गलाई समेट्न नसकेको तथा विकासका लागि आवश्यक स्रोतको पनि सुनिश्चितता नदेखिएको उनकाे भनाइ छ ।
‘दुईतिहाइ बहुमतको सरकारबाट रूपान्तरणकारी बजेट आउन सकेन । यसले तल्लो वर्गलाई समेट्न सकेन । बजेटका निम्ति स्रोतको पनि सुनिश्चितता भएन,’ प्रमुख सचेतक महरले भने ।
एमालेले संविधान संशोधनको भावनाविपरीत प्रावधान अघि बढाउने प्रयास भएको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । संसदीय दलका नेताहरूका अनुसार मस्यौदा समितिमा भएको छलफल विपरीतका प्रावधानहरू अघि बढाउन खोजिएको आरोप लगाइएको छ ।
सम्बन्धित खबर
सरकारको बजेट अपरिपक्व, निमुखा वर्गलाई समेट्न सकेन : एमाले
गरिबी होइन, गरिबलाई नै हटाउने सरकारको मानसिकता देखियो: गगन थापा
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
सरकारी कर्मचारीको तलब अब न्यूनतम ४० हजार, अधिकतम १ लाखभन्दा माथि
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब (पूर्णपाठ)
मानवअधिकार आयोगको प्रतिवेदनबारे बोल्यो कांग्रेस, सरकारसँग ६ माग
यो पनि पढौँ
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला