नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, प्रधानमन्त्री भएपछि थाहा पाएँ: बालेन

राजनीति

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, प्रधानमन्त्री भएपछि थाहा पाएँ: बालेन

कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको यो पहिलोपटक हो ।

balen samsad

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका छन्। आइतबार संसदमा सांसदहरुले उठाएका सीमा विवाद सम्बन्धी प्रश्नको जवाफ दिँदै दुई देशले एक अर्काको सीमा अतिक्रण गरेको बताएका हुन्।

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताएका हुन्। उनले भने, ‘मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’

उनले कहाँ कहाँ नेपालले सीमा मिचेको छ भन्ने चाहिँ खुलाएनन् । नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको यो पहिलोपटक हो ।

प्रधानमन्त्री शाहले लिम्पियाधुरा लिपुलेक सीमा विवादको समस्या समाधान गर्न सरकारले दुवै देशसँग संवाद गरिरहेको जानकारी दिए।

प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुरा विवादबारे नेपाल सरकारले भारत सरकारलाई आधिकारिक रूपमा कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ समेत आइसकेको जानकारी दिए।

भारतबाट प्राप्त जवाफमा दुवै देशका इतिहासविद्, नापी अधिकारी (सर्भेयर) र भूमिसम्बन्धी जानकारहरूलाई राखेर वार्ता (टेबल टक) मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको बताए।

सीमा विवाद समाधानमका लागि भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत छलफल गरिएको बताए।

शाहले भने, ‘यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। त्यो जवाफमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविद्हरू राखेर, आफ्नो सर्भेयरहरू राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर, इङ्गल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि, यसमा चाहिँ इङ्गल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds