प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल-भारत सीमाबारे सांसदले आज प्रतिनिधि सभामा उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले दिएको जबाफको एक विषयमा प्रश्न उठाएको छ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा सुरू गरेको विषयमा उनको प्रश्न केन्द्रित थियो।
उक्त प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले टेबल टक गर्नुपर्ने बताए।
‘यो विषय कुटनीतिक रूपमा टेलब टक… तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले आज संसदमै भने, ‘यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।’
प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रश्न उठाएकी छन्।
‘प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो, यो विषयमा हामीलाई छिटोभन्दा छिटो जानकारी गराउनुपर्यो, प्रधानमन्त्रीले तथ्यबिना दुई देश सीमाबारे बोलेको कुरा सत्य हो भने राखिन पर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन्।
यस विषयमा नेपाली कम्युनिस्ट पार्टीले पनि प्रश्न उठाएको छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा