काठमाडौं । श्रम संस्कृति पार्टीको वरिष्ठ नेता सुदन किरातीले हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिने बताएका छन् ।
उदयपुरको गाइघाटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै किरातीले भने, ‘अब कतैबाट बिजारोपन गरिएको वा हाइब्रिड गरिएको नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाङ जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ ।’
वर्षौंदेखि राजनीतिमा सिन्डिकेट लगाएर बसेको नेता पुस्तालाई विस्थापन गर्दै जनताले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा पुस्तान्तरण गराए पनि प्रतिफल नआएको किरातीले बताए । प्रधानमन्त्री शाहप्रति जनताको ठूलो आशा भएको भए पनि अहिले निराश हुनुपरेको किरातीको तर्क छ ।
‘फिल्मी शैलीमा काम गर्ने कोसिस गर्दा आज देश र जनतालाई गम्भीर धोका भएको छ । चमेलीको बोलिदिने कोई छैन भनेर एकाएक उदाएका बालेनले बिनायोजना गरिबमाथि नै डोजर लगायो,’ किरातीले भने, ‘राष्ट्रियताको सन्दर्भमा संसदमा उभिएर दिएको अभिव्यक्तिले सिङ्गो कुटनीतिलाई भताभुङ्ग बनायो ।’
राष्ट्रियता सम्बन्धि प्रधानमन्त्री शागले दिएको अभिव्यक्ति इतिहासमा क्षमायोग्य नरहेको किरातीको दाबी छ । उमेर र अनुहारले नभएर दृष्टिकोणले देश चलाउनुपर्ने बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए