गृहमन्त्रीमा फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन् – दुई महिना फोटो खिच्न कोही नआउनुहोला

राजनीति

गृहमन्त्रीमा फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन् – दुई महिना फोटो खिच्न कोही नआउनुहोला

छानबिन समितिलाई सुधनको प्रतिप्रश्न : ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त !’

sudhan sudan

काठमाडौँ– सम्पत्तिको विषयमा प्रश्न उठेपछि राजीनामा गरेका पूर्वगृहमन्त्री सुधन गुरुङले फेरि गृहमन्त्रालयमा फर्किनेमा ढुक्क देखिएका छन्।

आइतबार गोरखामा भएको रास्वपाको जिल्ला अधिवेशनमा बोल्दै गुरुङले छानबिन समितिले दोषी नदेखाएमा गृहमन्त्रीकारुपमा फेरि फर्किने संकेत गरेका हुन्। स्रोतविना धेरै सम्पत्ति दिएको भन्दै गुरुङमाथि छानबिन समिति बनेको थियो। समितिले प्रतिवेदन बुझाइ सकेको छ।

यदि फेरि प्रधानमन्त्रीले गृहमन्त्री बनाएपछि दुई महिनासम्म कोही पनि तस्बिर खिच्न, बधाई दिन नआउन उनको आग्रह छ। ‘सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने काम गर्न सुरूका दुई महिनासम्म कोही पनि नआइदिनुहोला’, उनको आग्रह थियो।

गुरुङले आफ्नो बयानका क्रममा समितिका सदस्यहरूको कतिपय प्रश्नहरू निकै कडा रहेको र त्यहीअनुसार आफूले पनि जवाफ दिएकाे खुलाएका छन्। ‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो? भनेर प्रश्न गर्‍यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ’, उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ