रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

राजनीति

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने भनाई राखेपछि संसद चल्न नसकिरहँदा रवि स्वयं अघि सरेका हुन् ।

rabi-lamichhane

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूका पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

रास्वपाले सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने भनाई राखेपछि विपक्षीहरूले निरन्तर रुपमा संसद्‌मा प्रश्न उठाइरहेका छन् ।

त्यस्तै प्रतिनिधि सभा नियमावली पारित गर्ने लगायतका विषयमा सभामुखले खलेको भूमिकामाथि पनि विपक्षीहरूले प्रश्न गरिरहेका छन् । यही कारण बैठकहरू सहज रुपमा सञ्चालन हुन सकेका छैनन् । पाँच दिन पछि सोमबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नु अघि नै सहमति खोज्नका लागि संसद्को ठूलो दलको हैसियतमा सभापति लामिछानेले बैठक राखेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ