प्रधानमन्त्रीले नेपालले मिचेको जमिन देखाउनुपर्छ, नत्र बोली सच्याउनुपर्छ: हर्क सम्पाङ

राजनीति

प्रधानमन्त्रीले नेपालले मिचेको जमिन देखाउनुपर्छ, नत्र बोली सच्याउनुपर्छ: हर्क सम्पाङ

harka-sampang-2

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ) प्रधानमन्त्रीले संसद्‌बाट दिएको नेपालले पनि भारतले जमिन मिचेको भन्ने अभिव्यक्तिको पुष्टि गर्नुपर्ने र ति जमिन देखाउनुपर्ने माग गरेका छन्।

मंगलबारको संसद् बैठकमा बोल्दै उनले जमिन मिचेको होइन भने संसद्‌बाट बोलि सच्याउनुपर्ने माग गरे। ‘नेपालले कहाँ-कहाँ जमिन मिचेको छ, त्यो प्रधानमन्त्रीले देखाउनुपर्छ। होइन भने उहाँले बोलि सच्याउनुपर्छ’, राईले भने।

जेठ १७ गते संसद्‌मा बोल्दै प्रधामन्त्री वालेन्द्र शाहले भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको विरोधमा प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गरिरहेका छन्।

प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने र संसद्‌बाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग प्रतिपक्षीको रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds