काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको सोमबारको बैठकमा करका दर हेरफेर हुने विषय अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा नहुने उल्लेख गर्दै यस प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन्।
‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ,’ शाहीले प्रतिनिधिसभा बैठकमा सोमबार भने।
शाहीले कोरला र रसुवागढी नाकाबाट बजेटअगावै कर तिरेर बजेटपछाडि गाडी आएको प्रसंग उल्लेख गर्दै करका दर हेरफेरको विषयको सूचना कसरी चुहियो भनी प्रश्न गरेका छन्। उनले यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने पनि बताएका छन्।
उनले कर्मचारीलाई कारबाही गरेर अर्थमन्त्री यस विषयमा चोखिने प्रवृत्ति मान्य नहुने पनि बताए।
कोरला र रसुवागढी नाकाबाट आएका करिब १५०० बीवाइडी गाडी शंकास्पद रूपमा भित्रिएको र कर छली भएको भन्दै सशस्त्र प्रहरीले अनुसन्धानका लागि ती गाडीहरू नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्रीका तथ्यहीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्
शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताए ।
शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भए पनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्रीले संसद्मा राखेको भनाइबारे गम्भीर प्रश्न उठाउँदै तथ्यबिनाका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
संसद्को विशेष समयमा बोल्दै उनले भने, “प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ। चिया पसलमा गरिने गफ र संसद्को अभिव्यक्तिबीच आकाश-जमिनको फरक हुन्छ। सामान्य नागरिक र जनताले भनेको कुरा बेग्लै हो। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ। तथ्यांक बिनाका अभिव्यक्ति केवल राजनीतिक भाषण मात्र हुन सक्छन्, तर ती राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैनन्।”
सम्बन्धित खबर
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल