मन्त्रिपरिषद् पूर्णता दिँदै प्रधानमन्त्री बालेन, गृहमा सुधन फर्काउँदै, नवप्रवर्तनमा महावीर पुन

राजनीति

मन्त्रिपरिषद् पूर्णता दिँदै प्रधानमन्त्री बालेन, गृहमा सुधन फर्काउँदै, नवप्रवर्तनमा महावीर पुन

सुधनलाई नै फर्काउन बालेनले डेढ महिनादेखि गृहमन्त्रालय खाली राखेका थिए

sudhan mahabir

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको जानकारी दिइन्।

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको हो।

गुरूङ यसअघि पनि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोत विवाद देखिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन पनि भएको थियो।

छानबिन प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ। गुरूङ गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भएका थिए।

साथै, महावीर पुन स्वतन्त्र सांसद हुन्। उनी म्याग्दीबाट निर्वाचित भएका थिए। सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा मन्त्री थिए।

प्रधानमन्त्री बालेनले गृह र नवप्रवर्तन मन्त्रालय अहिले आफैसँग राखेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds