‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’

राजनीति

‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’

balen-shah-pm

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने सङ्केत देखिएको बताएका छन्। प्रतिनिधि सभा चुनाव भएको तीन महिना मात्र भएको र सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो नजाने उनले जिकिर गरे।

‘अहिले जनताले मत धेरै दिए, तर सरकारका प्रधानमन्त्रीकाे कुरा हेर्दा इतिहासमा कहिल्यै, कसैले नेबाेलेकाे अभिव्यक्ति आए,’ आइतबार वीरेन्द्रनगरमा आयाेजित पत्रकार महासङ्घ सुर्खेतको कार्यक्रममा बोल्दै उनले भने, ‘तर अहिलेका युवा, तन्नेरीहरूले त्यसैलाई मन पराइरहेको अवस्था छ ।’

कँडेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति गलत भएको समेत बताए। साथै अहिलेको सरकारका गतिविधि हेर्दा समाचार लेख्ने पत्रकारहरू पनि सुरक्षित नरहने अवस्था आएको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ