विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन

विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन

SASMIT-POKHAREl
शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफलमा कुनै कैफियत नभएको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको नभई, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई समयमा नै प्रकाशित गरिएको बताएका हुन् ।

१२ को परीक्षाफल प्रकाशनमा त्रुटि भएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडाैंमा प्रदर्शन गरेका थिए । मन्त्री पोखरेलले प्रदर्शन गर्न पाउने अधिकारको विषय भए पनि विद्यार्थीहरू नकारात्मक तथा असम्मानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन् ।

साथै उनले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको तथ्यांकबारे थप बुझ्न समिति गठन गरिएको जानकारी पनि दिएका छन् ।

उनको भनाइ :

राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।

तथापि, यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ