चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २९ सय ५९ मत मात्रै खसेको छ ।
जम्मा चार हजार तीन सय ११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि १३ सय ५२ प्रतिनिधिहरू मतदान नगरी बाटो लागेका हुन् ।
भरतपुरमा जारी महाधिवेशन अति नै भद्रगोल तरिकाले भइरहेको छ । निर्वाचन हुनु अघिसम्म पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको थिएन ।
महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना उम्मेदवार छन् । विद्युतीय मतपेटिकामा भोट खसेकाले चाँडै मतपरिणाम आउने अपेक्षा ५ । त्यसपछि पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान तय गरिएको छ।
यता केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरुले निर्वाचनमा षड्यन्त्र भएको आरोप लगाएका छन् ।
उनीहरूले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् । रास्वपामा नेतृत्व चयनका लागि बुधबार मध्यरातदेखि मतदान भएको थियो ।
उम्मेदवारको क्रम संख्या, क्लस्टर, वर्णानुक्रम तलमाथि पारिएको आरोपसँगै राति नै आफू निकटहरूलाई जिताउन विभिन्न उपाय अपनाइएको आरोप आएको थियो ।
पार्टीमा अन्य दलको झैँ गुट-उपगुट निषेध हुने भनिएको थियो । तर वरिष्ठ नेता बालेन शाह पक्षले चिट नै बाँडेको पाइएको छ ।
बालेन पक्षले मध्यराति सूची बाँडेको कुरा बाहिरिएको थियो । बिहीबार बिहान अर्को पक्षका उम्मेदवारको क्रम संख्या र वर्णानुक्रम बिगारेर भोटिङ मेशिनमा अपलोड गरेको आरोप पनि लगाएको थियो । ज्वाला संग्रौला र आशिका तामाङसहितको आक्रोश चुलिएको छ ।
सम्बन्धित खबर
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा